टिकटकबाट महिनाकै करोडौ कमाउने यी नेपाली युवा, यस्तो छ जिवनशैलि, वास्तविकता यस्तो (हेर्नुस् भिडियो )

एउटा मोबाइल एप्स टिकटकमा लाईभ आएर दिनकै लाखौ र केहि महिनामा नै करोडौ कमाउने यदि कोहि व्यक्ति छ भन्दा जो कोहिलाई बिश्वास नलाग्न सक्छ ।

कन्चनपुरको महेन्द्रनगरमा बसोबास गर्दै आएका अन्सु बर्मा जो आफ्नो सानो एउटा कोठामै बसेर बर्षको करोडौ कमाएको प्रमाण सहित उनको चौतर्फी रुपमानै सामाजिक संजालभरि एकदमै चर्चा भैरहेको छ ।

उनले टिकटकबाट कमाएर एउटा कन्चनपुरमा घर कार र काठमाडौंमा दशै अगाडिनै अर्को सान्दार घर लिने सोच र तयारिमा छन् ।अन्सु दिनमा लगभक १४-१५ घन्टा टिकटकमा लाइभ बस्छन् ।उनलाई धेरै जनाले विभिन्न नकारात्मक ढंगबाट लिदै पनि आएका छन् तर आफुलाई समर्थन र मनपराउनेहरु आफुलाई घृणा गर्नेभन्दा धेरै भएको र आफुलाइ यस्ता प्रतिक्रियाले फरक नै नपर्ने उनी बताउँछन् ।

अहिले पछिल्लो समय उनले पैसा मात्रै कमाएनन् ,उनी समाजसेवामा पनि उतिकै सक्रिय भए ।उनी भन्छन् टिकटकले यदि अवसर दिरहेकोछ भने यशको उपभोग गर्नुनै सबैभन्दा ठूलो बुद्धिमानि हुने उनी बताउँछन् ।उनी कानुनका बिद्यार्थी हुन् र आफ्नो अध्ययनलाई सगै अगाडि बढाइरहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री