मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत ‘प्रेम कहानी…’ सार्बजनिक

काठमाडौँ- लोकप्रिय मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत ‘प्रेम कहानी…’ सार्बजनिक भएको छ । शुक्रबार ओबी रायामाझी नामक युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।

गायिका अस्मिता अधिकारी र गायक बादल थापा मगरको आबाजमा रहेको उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । ऋषि खड्काको शब्द , संगीतमा रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

निर्देशक युबराज वाईबाको निर्देशनमा तयार पारिएको भिडिओमा ओबी राजमाझी र युनिषा खत्रीको रोमान्स देख्न सकिन्छ । नबराज उप्रेतीको छायाँकन रहेको गीतको भिडियोको प्रविन भट्टले सम्पादन गरेका हुन् ।