एसईई परीक्षा वैशाख ९ गतेदेखि

काठमाडौं, २६ माघ ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ ।

परीक्षातालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुनेछ ।