चर्चित गायक राजु लामाले गरे सगरमाथा चढ्ने घोषणा

काठमाडौं– राजु लामा नेपालका प्रख्यात गायक हुन् । उनी साङ्तिक समुह मङ्गोलियन हार्टको प्रमुख गायक हुन् । उनले नेपाली, तिब्बती र तामाङ भाषाहरूमा धेरै गीतहरू गाएका छन् । उनले तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा, मेरो नेपाल, ओए नाना ओए नाना जस्ता अनेक लोकप्रिय गीतहरू गाएका छन् । उनले गीतका माध्यमबाट नेपाल र नेपालीलाई विश्वभर चिनाएर अविस्मरणीय काम गरेका छन् ।

‘द भ्वाइस किड्स’ कोच तथा चर्चित गायक राजु लामाले सगरमाथा चढ्ने घोषणा गरेका छन्। शनिबार भएको ‘द भ्वाइस किड्स’को फाइनलमा राजु लामाले आफूले सगरमाथा चढ्ने घोषणा गरेका हुन् । उनले यो कुरा आफ्नो परिवारलाई पनि थाहा नभएको र आफुले यहीँबाट सगरमाथा चढ्ने घोषणा गरेको बताएका छन् । उनले मौसम परिवर्तनको मुद्दालाई लिएर सगरमाथा चढ्न लागेको बताएका छन्।

उनले भने, ‘अहिले हाम्रो हिमाल, हिम नदीहरु पग्लिएको छ। जसले थुप्रै प्राकृतिक प्रकोप ल्याएको छ। मौसमी परिवर्तनका कारणले हाम्रो जीवनमा कस्तो असर गर्छ भन्ने कुरालाई लिएर जनचेतना दिने हिसाबले सगरमाथा चढ्न लागेको हुँ।’ नेपाली सांगितिक क्षेत्रसँगै देशको प्रतिनिधित्व गर्दै मौसम परिवर्तनको सन्देश लिएर सगरमाथा चढ्ने उनले बताएका छन् । लामाले नेपाली सांगितीक क्षेत्रमा दर्जनौ गीत गाएका छन् ।