अभिनेत्री रेखा थापाले यी ठकुरी सँग दोस्रो विवाह गर्दै

काठमाडौं । अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले दोस्रो विवाह गर्ने भएकी छिन् । रेखाले आगामी वैशाख महिनाभित्र विवाह गर्ने तयारी गरेको उनी निकटका आफन्तले जनाएका छन् । रेखाले अमेरिकामा बस्ने ठकुरी थरका व्यक्तिसँग विवाह गर्न लागेकी हुन् ।

उनीहरूले अदालतमा विवाह गर्ने तयारी गरेका छन् । रेखासँगको विवाहका लागि अमेरिकामा रहेका ठकुरी थरका व्यक्तिलाई रेखाकी दिदी तारा राणाले खोजी दिएकी हुन् । छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले केही वर्षको वैवाहिक जीवनपछि सम्बन्ध विच्छेद गरेकी थिइन् ।

छवि र रेखाले काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदपछि अभिनेत्री रेखा एक्लै बस्दै आएकी थिइन् । वैशाखपछि रेखा र ठकुरी थरका ती व्यक्तिसँगै बस्नेछन् । केही हप्ता अगाडि मात्रै गायक यम बरालले पनि विवाह गरेका थिए । यमले नेपाली कांग्रेसकी नेतृसँग विवाह गरेका थिए ।