अभिनेता शाहरुख खान भन्छन् ‘म धेरै अभागी साबित भएको छु’, ऐश्वर्यासँगको पहिलो फिल्ममा नै मैले उनको दाजुको भूमिका निर्वाह गरें

काठमाडौँ । बलिउडको बादशाहरुका रुपमा परिचय पाएका अभिनेता शाहरुख खान र ऐश्वर्याले एउटै फिल्ममा अभिनय गरे दर्शक कति खुशी होलान् रु शंकै छैन दर्शक त निकै खुशी हुन्छन् । तर ऐश्वर्यासँग एउटै फिल्ममा काम गर्दा शाहरुख भने दुखी छन् ।

ऐश्वर्यालाई पहिलो फिल्ममै बहिनी बनाउँदा शाहरुख निकै दुःखी बनेको एक अवार्ड कार्यक्रममा यो रहस्यको खुलासा गरेका हुन् । उक्त कार्यक्रममा शाहरुखले आफ्नो पिडा सुनाउँदै भने ‘म धेरै अभागी साबित भएको छु कि ऐश्वर्यासँगको पहिलो फिल्ममा नै मैले उनको दाजुको भूमिका निर्वाह गरें’ ।

‘विश्वकै सबैभन्दा सुन्दर महिलालाई कसले आफ्नो बहिनी बनाउन चाहन्छ र रु फिल्ममा ऐश्वर्या मेरो ट्वीन बहिनी बनेकी थिइन् । मानिसहरु हाम्रो अनुहार मिल्छ भन्थे । आज पनि मलाई यो कुराको पछुतो छ कि म ऐश्वर्याको दाईको भूमिकामा देखिएँ’, शाहरुखले भने ।