बढ्यो सुनचाँदीको मूल्य : तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाले बढेको हो।

आइतबार तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलाको १२ सय ५५ रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।