कल्पना दाहालको ‘प्रेम विवाह’

काठमाडौं / गायीका कल्पना दाहालको पहिलो तीत गीत ‘प्रेम विवाह’ सार्वजनिक भएको छ । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चिर–परिचित नाम कमाएकी कल्पना दाहालले आफ्नै एवलमा तीज गीत सार्वजनिक गरेकी हुन् । टुक्का दोहोरी फर्काउनलाई अव्वल गायीका कल्पना दाहालले धेरै गीत गाएकी छिन् । पछिल्लो समय रमेश प्रसाई संगको दोहोरी बाट झन चर्चा कमाउन सफल गायीका पल्पनाले यो पहिलो तीज गीत निकालेको बताउँछिन् ।

उनि पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘दोहोरी च्याम्पियन’ पनि उनि अहिले टप १६मा पुग्न सफल भएकि छिन् । उनलाई भोट गरेर जिताउनसमेत उनले र्दशकमाझ आग्रह गरेकी छिन् ।यस गीतमा कल्पनाकै आवाज रहेको हामीले पाउन सक्छौं । उक्त गीतमा आफुले रोजेको संग विवाह गर्दा अथवा प्रेम विवाह गर्दा माईति पक्षबाट हुने ती संस्कार झल्काउने भाव भिडियोमा देख्न सकिन्छ । यसै कथा बस्तुमा रहेका गीत हेरौं ।