सीसीएमसीसी बैठक : फागुन १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय

काठमाडौं : कोभिडका कारण बन्द रहेको देशभरका विद्यालय फागुन १ देखि सञ्चालन हुने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको स्रोतले बताएको छ ।