भगवती लेमिनेट्स २५ करोड राजस्व छली प्रकरण : सञ्चालक, कन्ट्री म्यानेजरको सम्पति र खातामाथि छानबिन हुने

काठमाडौं । प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा २५ करोडभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेपछि त्यसका सञ्चालक, कन्ट्री म्यानेजरलगायत उच्च कर्मचारीको सम्पत्ति तथा बैंक खातामाथि छानबिन र अनुसन्धान गरिने भएको छ ।

राजस्व अनुसन्धान विभागले अनुसन्धान अधिकृत नै तोकेर भगवती लेमिनेट्सले गरेको राजस्व छली’bout विस्तृत अनुसन्धान गरिरहेको छ । सो प्रालिले गरेका राजस्व छलीका कर्तुत एकपछि अर्को गर्दै बाहिरिन थालेपछि विभागले भगवती लेमिनेट्सका सञ्चालकद्वय विष्णु मधगोरिया, रजनिश कर्नानी, तथा कन्ट्री म्यानेजर विकास सिंहलगायतका कर्मचारीको सम्पत्ति तथा उनीहरूको सम्पूर्ण बैंक खाताको समेत अनुसन्धान गर्ने तयारी गरेको छ । साथै भगवती लेमिनेट्ससँग बढी कारोबार गरेका डिलर सञ्चालकको सम्पत्ति तथा बैंक खाता’bout समेत आवश्यक छानबिन गरिने विभाग स्रोतले जानकारी दिएको छ ।

भगवती लेमिनेट्सले राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले केही समयअघि मात्रै भगवती लेमिनेट्स प्रालिको मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालयमा छापा मारी विभिन्न कागजात नियन्त्रणमा लिएको थियो । सो लेमिनेट्सले वास्तविक कारोबारका लागि ‘कच्चाबिल’ र भ्याटका लागि ‘पक्काबिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ ।

राजस्व अनुसन्धान विभागले सो प्रालिमाथिको अनुसन्धानलाई अझै विस्तृत बनाइने जनाएको छ । ‘कच्चाबिल बढी प्रयोग भएको प्रमाण फेला परेकाले एकपछि अर्को गरी लगातार राजस्व छली गरेको देखिएको छ ।’ विभाग स्रोतले राजधानीसँग भन्यो । राजधानी दैनिकले भगवती लेमिनेट्सले राजस्व छल्ने उद्देश्यले प्रयोग गरेका कच्चा बिल र कन्ट्री म्यानेजर विकास सिंहको नाममा काटिएका लाखौं चेकको सूची प्रकाशित गरेको थियो । राजस्व अनुसन्धान विभागले ती चेक तथा कच्चा बिललाई पनि प्रमाणका रूपमा लिएको छ ।

राजस्व छलीमा एकपछि अर्को रेकर्ड कायम गर्दै आइरहेको सो भगवती लेमिनेट्ेसले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई राजस्व छल्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको थियो । त्यसपछि पनि उसले लगातार कच्चा बिलमार्फत नै बढी कारोबार गर्दै आइरहेको छ ।

सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

भगवती लेमिनेट्सले कच्चा बिलमार्फत कारोबार गर्दा भुक्तानी लिने क्रममा कम्पनीका कन्ट्री म्यानेजर विकास सिंहको नाममा चेक काट्न लगाउने गरेको छ ।

‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि प्रयोग गर्दै आइरहेको छ ।

सम्पत्ति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान
सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले पनि भगवती लेमिनेट्स प्रालिमाथि अनुसन्धान थालेको छ । विभागले सो लेमिनेट्स प्रालिका सञ्चालकद्वय विष्णु मधगोरिया, रजनिश कर्नानी तथा कन्ट्री म्यानेजर विकास सिंह र विभिन्न डिलरको मिलेमतोमा राजस्व छली गरेको पाइएपछि उनीहरूमाथि छानबिन थालेको हो ।

भगवती लेमिनेट्सको राजस्व छलीसम्बन्धी एकपछि अर्को बद्मासी बाहिरिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि गहन छानबिन अघि बढाइएको जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिनको क्रममा उनीहरूको सम्पत्ति’bout समेत विस्तृत अनुसन्धान गर्ने बताएको छ । विभागका सूचना अधिकारी विनोदकुमार दाहालले भगवती लेमिनेट्सले गरेको राजस्व छली’bout विभिन्न सञ्चारमाध्यममा आएका प्रमाणसहितका सूचनालाई नै आधार मानेर उनीहरूमाथि छानबिन थालिएको जानकारी दिए । लेमिनेट्सको राजस्व छली प्रकरणमा संलग्न सञ्चालक, कन्ट्री म्यानेजर, डिलर सबैको विषयमा पूर्ण छानबिन थालिएको र दोषी देखिए सम्पत्ति शुद्धीकरण ऐनअनुसार कारबाही हुने विभागका सूचना अधिकारी दाहालले बताए । उनका अनुसार भगवती लेमिनेट्सले राजस्व छली गरेको प्रमाणित भएमा त्यसका सञ्चालकलगायतका सम्बद्ध कर्मचारीलाई बिगोअनुसारको जरिमाना र दुईदेखि १० वर्षसम्म कैद सजाय हुनेछ ।