ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा हिमपात

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा तिर्थयात्रीहरुलाई बस्नका लागि बनाइएको टेन्टमा हिमपातपछिको दृश्य ।

गृहमन्त्री खाँणद्वार मेलम्ची खोलाको पुल उद्घाटन-गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ ।

गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।

करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ । बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा जान सजिलो भएको छ ।