प्रेमकथामा आधारित चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्री आँचलले अभिनय गर्ने पक्का

काठमाडौं । चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्री आँचल शर्माले काम गर्ने पक्का भएको छ । निर्देशक तथा निर्माता मिलन चाम्स राईले उक्त चलचित्रका लागि आँचललाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । प्रेमकथामा केन्द्रित रही निर्माण गर्न लागिएको यस चलचित्रमा आँचलको प्रमुख भूमिका रहने जनाइएको छ ।

चलचित्रमा उनी ‘बधु’ को भूमिकामा देखिने पक्का भएको छ ।सौर्य दैनिकमा खबर छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन भने कोरोना कहर कम भएपछि गरिने जनाइएको छ । निर्माण पक्षका अनुसार फागुनबाट छायांकनमा जाने योजना छ । यस्तै, चलचित्रका लागि अन्य कलाकारको केही दिनपछि टुंगो लगाइने छ ।