काठमाडौंको टोखाबाट नुवाकोट र धादिङका एक-एकजनासहित चारजना पक्राउ

प्रहरीले काठमाडौंको टोखाबाट कस्तुरीको बिना जस्तो देखिने वस्तुसहित चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले शनिबार टोखा नगरपालिका-३ भत्केको पुल नजिकमा अवैध रूपमा वन्यजन्तु ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको बताए।

उनका अनुसार नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भई हाल तार्केश्वर नगरपालिका-१ का २९ वर्षीय आशिक तामाङ र ४० वर्षीय राजु थापा पक्राउ परेका हुन्।

यसैगरी धादिङ धुनिवेशी नगरपालिका-१ का ३५ वर्षीय श्याम पाठक र तार्केश्वर नगरपालिका-१ का ३४ वर्षीय कृष्ण गुरागाई पक्राउ परेको एसपी मैनालीले बताए।

उनीहरूलाई वन्यजन्तु ओसारपसार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो।

सोमबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट नियन्त्रणमा लिइएका चारैजनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको एसपी मैनालीले जानकारी दिए।

Nuwakot express बाट