काठमाडौंमा पठाओ चढेर सुमन यात्रा गर्दै थिए तर बीच बाटोमै ….

काठमाडौंको कोटेश्वरबाट पठाओ राइडरलाई अ’प’ह’र’ण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लु’टेका छन् । अ’पह’णका’रीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडर प्रविन राईको हाँ’तखु’ट्टा तथा मु’खमा टे’प बाँ’धे’र बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लु’टेका हुन् । राइडर राई उदयपुर गाइघाट निवासी हुन् ।

आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोले लु’टपा’ट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राई छन्।

घटना शनिबार राति ११ बजेको हो। प्रहरी उपरीक्षक शाहका अनुसार सुमन काठमाडौंको कोटेश्वरबाट धापाखेल जान खोज्दै थिए। उनले त्यसको लागि पठाओ राइडरलाई बोलाए। उनलाई लिन राति पठाओ राइडर उदयपुर गाईघाट घर भई काठमाडौंमा बस्ने २५ वर्षीय प्रविन राई आएका थिए।

उनी बागमती प्रदेश ०२०-०१-००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल चलाउँछन्। सुमनले राइडरलाई आफू सानेपा जाने भनेका रहेछन्। उनले सुमनलाई कोटेश्वरबाट ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित आँखीदहमा पुर्‍याइदिए। तर त्यहाँ मिनराज राई पहिल्यै कुरेर बसेको प्रहरी उपरीक्षक शाहले बताए।

‘चालकलाई सानेपा जाने भनेर धापाखेल लगेका रहेछन्,’ उनले भने, ‘सुमन यात्रु नै बनेर गएका थिए। कुनै चिनजान थिएन।’ त्यसपछि दुई जनाले मिलेर प्रविनलाई कु’टपि’ट गरेका थिए। कु’टपि’टप’छि उनीहरूले प्रविनको हा’त प’छाडि’बाट बाँ’धिदि’एका थिए।

उनको मुखमा पनि पट्टी लगाएर सडकबाट तल एकान्त झा’डीमा फा’लेर दुबै जना मोटरसाइकल लिएर फ’रार भएको परिसरले जनाएको छ।

‘आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा ब’न्ध’क बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए’ उनले भने, ‘खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।’

teja khabar बाट