कविता

केही नगर्ने मान्छेको जय जयकार हुदैन
कोसिस गर्ने मान्छेको कहिल्यै हार हुदैन

सपना देखेपछि जिन्दगीलाई चुनौती दिनुपर्छ
साहस देखाउने मान्छे माथि कहिल्यै प्रहार हुदैन

लक्ष्य उदेश्य र मेहनत आपसमा जुटेपछि
आजै गर्ने मान्छे माथि भोलि आउने कुनै बार हुदैन

ज्ञान दर्शन हो र दर्शन खोज्ने ब्यक्ति दार्शनिक हो
कलम रेटने मान्छे माथि हिंसाबोक्ने कहिल्यै हतियार हुदैन

आज पागल मूर्ख घमण्डीले नै ईतियास बदलदिएको छ
समय फेर्ने मान्छे माथि लुकाछुपी देखाउने कहिल्यै प्यार हुदैन

लेखक :- पवन गौतम, शिवसतासी नगरपालिका