बरिष्ठ रचनाकार भैरब नाथ रिमाल ‘कदम’ प्रति समर्पित गीत ‘चाहेको बाटो’ सार्वजनिक

काठमाडौं – गायिका गीता पाण्डेले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चाहेको बाटो’ गीत सार्वजनिक गरेकी छिन।भैरब नाथ रिमाल कदमको शब्दमा शुभ बहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वोरांकन रहेको छ ।

वरिष्ठ गीतकार भैरब नाथ रिमाल कदम जीवन जगतका आरोह अवरोह छिचोल्दै, दुख सुखका पाटालाई स्वीकार्दै, नियती र विपत्तिका आयामलाई भोग्दै एक कर्मठ व्यक्ति आफ्नो कर्ममा जुटिरहन्छ निरन्तर ।

स्वर सम्राट नारायण गोपाल, अरुणा लामा, तारादवी, फत्तेमान, दीप श्रेष्ठ, अरुण थापा, मधु क्षेत्री जस्ता गायक गायिकाहरुले उनका शव्दमा आवाज भरेका छन् । गीतकार रिमालका केहि कालजयी गीतहरु जुन फूल मैले,हँ यात्री,जिन्दगीको पानभरी,उदास मेरो,तिम्रो सिउँदो सजाईदिने ….. जस्ता दर्जनौ गीतहरु छन्।

संगीतकार शुभ बहादुर सुनाम ज्यूले ७७५ भन्दा बढी गीत मा संगीत गरिसक्नु भएको छ। त्यसमा चलचित्र,भजन,आधुनिक,टी भी सीरीयल,पप,बाल गीत,राष्ट्रिय गीत लगायत छन्।

वहाले अधिकांश संगीत तारा देवी श्रेष्ठ ,प्रेम ध्वज प्रधान, मीरा राणा,अनुराधा पौड्याल,कविता कृष्णमुर्ति,कुमार बस्नेत, प्राश्ना शाक्य, लगायत नयाँ गायिकामा गीता पाण्डेको रहेको छ ।

रेलीमै रेलीमै रेलीमै, चिसो चिसो हावामा,हु यात्री एउटा,पर लैजाऊ फूलहरु,गोरेटो त्यो गाउको ,यो नानी को शिरैमा, ….. जस्ता दर्जनौ गीतहरु छन्।

देवेन्द्र नेवा नेपाली संगीतमा गीत संयोजक ३० वर्ष लगातार नेपाली संगीत मा समर्पण नाम। लगभग ८००० वटा जति गीतमा गीत संयोजक भै सक्नु भएको। वहाको पनि धेरै नै गीतहरु लोकप्रिय छन् पछिलो समय बजारमा मदन कृष्ण श्रेष्ठ ज्यूले गाउनु भएको ‘जीवनको पाना’ श्रोताले मन पारिदिनु भएको छ।गायिका गीता पाण्डे संग चाही यो गीत वहाको पहिलो र आगामी दिनमा अरु नया गीतहरुमा सहकार्य हुने नै छ ।

“ यो मेरो सौभाग्य हो, मैले नेपाली आधुनिक सङ्गीतका नक्षत्रहरू भैरब नाथ रिमाल कदम र शुभ बहादुर सुनाम निम्ति गाउने मौका पाए। मेरा निम्ति संगीतकार शुभ बहादुर सुनाम ज्यूले सधैं नौलो प्रवृत्ति र धारको सिर्जना गर्दिनु भयो साथै

साधुवाद संगीत संयोजक देवेन्द्र नेवाको सहयोग प्रति ।आफुले सकेको राम्रो प्रस्तुत गरेकी छु र अझै धेरै सिक्दै जाने छु “ गायिका गीता पाण्डे

यो गीत ‘चाहेको बाटो हिड्न देउ मलाई’ म गायिका गायिका गीता पाण्डे रचनाकार भैरब नाथ ‘कदम’ र वहाको परिवार प्रति समर्पण गर्न चाहन्छु।

कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रुपमा निर्माण गरिने छ ।