सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत ‘चोखो माया’ रिलिज (भिडियो)

करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ‘सरर’ गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चोखो माया’ गीत सार्वजनिक गरेकी छिन।
पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको मिठो शब्दरचना र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट रहेको छ । रोमान्टिक शैलीको गीतले रिलिज भएको केहि घण्टामा नै दर्शकको सत प्रतिसत राम्रो कमेन्टहरु प्राप्त गरेको छ ।

मोडेल सलिना खत्री फिचर्ड भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी ,सुप्रीम पराजुलीको सम्पादन र रुपेश थापाको क्यामेरा र निर्देशन रहेको छ । भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।