भुलेर नि माया नलाउनु’ बोलको गीत सार्वजनिक

भुलेर नि माया नलाउनु’ बोलको गीत सार्वजनिक भएको छ । भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरीको स्वर ,सत्यकला लामाको शब्द रहेको उक्त गीतमा बादल थापा मगरले संगीत भरेका छन् ।

गीतको भिडियोमा मोडल विकाश लामिछाने तथा सत्यकला स्वयंले अभिनय गरेका छन् । भिडियोलाई सन्तोष राजवहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका छन् ।

दिन्सोन शाहले सम्पादन गरेको भिडियो ‘एएमएस इन्टरटेनमेन्ट’मार्फत सार्वजनिक गरिएको छ ।