छोरीको जन्मदिनमा रिना केसीले सार्वजनिक गरिन् तीज गीत (भिडियो)

आज बहु चर्चित गायीका रिना केसीकी छोरी खुसी केसीको जन्म दिन । छोरीको जन्मदिन पारेर रिना केसीले गाएको तीज गीत ‘मेरी आमा’ बजारमा आएको छ । गायीका केसीकै युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको हो । बिदेशमा रहेकी छोरी तीजमा माईत आउन नपाउँदा आमालाई सम्झेर भाबुक भएको बिषयबस्तु गीतमा देख्न सकिन्छ । गीतको शब्द अर्जुन सुबेदीले लेखेका हुन् भने लय केशब सुबेदीले बनाएका हुन् ।

बर्षा क्षेत्रीको अभिनय देखिने भिडियोको निर्देशक होम गुरुङले गरेका छन् भने गणेश सापकोटाको छायंकन तथा सुबास अम्गाईको सम्पादन गीतमा रहेको छ । खुसी केसीलाई जन्मदिनको लाखौं शुभकामना । भिडियो हेर्नुहोस् ।