सुपरस्टार र रियल हिरोको उपाधिमाथी भुवन र दीपाश्रीको कटाक्ष (अन्तर्वार्ता)

अभिनेता भुवन केसी र अभिनेत्री, निर्देशक दीपाश्री निरौलाले नेपाली कलाकारहरुलाई विभिन्न संस्था तथा व्याक्तिले दिँदै आएको ट्याग लाईनप्रति कटाक्ष व्यक्त गरेका छन् । हालै गरिएको एक अन्तर्वार्तामा दुबैले एक स्वरमा उपाधी कसले दियो र लियो भन्दा पनि चलचित्र उधोगलाई शिर उँचो बनाउन कसले के योगदान दियो भन्ने कुराको मुल्याकंन गर्न आग्रह गरेका छन् ।

दिने र लिने दुबैले आफ्नो खुशी साट्नु फरक रहेपनि कलाकारले पाउने ट्याग र उपाधि भन्दा चलचित्र उधोगलाई माथी उठाउनतर्फ सबैले योगदान दिनुपर्ने उनिहरुको तर्क छ । महानायक, रियल हिरो, महानायिकाको नाममा उपाधि दिने प्रचलनलाई भुवनले गलत भनेका छन् ।

फरक प्रसंगमा म्युजिक भिडियो रे टिकटकको अभिनयले फिल्मका कलाकार सस्तो भएको भन्ने प्रश्नमा दीपाले कलाकारले कला देखाउनुलाई अन्यथा लिन नहुने बोलेकी छिन् भने भुवनले कलाकारले म कुन लेभलमा छु र मैले के कस्तो काम गर्नुपर्छ भन्ने स्मयंम कलाकारमा निर्भर हुने धारणा राखेका छन् ।