गायक निरज थापाको आवाजमा तिज गीत “लरी बरी लै “ सार्वजनिक

काठमाण्डौं ।

गायिका दिपिका भुषाल र गायक निरज थापाको आवाजमा नेपाली नारिहरुको महान चाड हरितालिको अवसरमा मौलिक तिज गीत “लरी बरी लै “ डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ । निरज थापाको शब्द तथा लय सिर्जना र भुमी राज थापाको एरेन्ज गीतमा रहेको छ ।

दिवश गुरुङको छायाँकन , सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा कला राई , रितेष श्रेष्ठ, गोविन्द लामा , सविना केसी , रुसाल रुसाल , मोतीराम थापा , स्वस्तिका राई र लाल बहादुर थामीको आकर्षक नृत्य तथा अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।