बिहेको गेटबाटै बेहुलीको लास निस्कियो, दाइजो मागेपछि युवतीले आत्महत्या गरेको माइतीको आरोप,दिदि रुँदै आईन मिडियामा (भिडियो सहित)

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झुण्डिएर प्राण त्यागेकी छिन । श्रीमानले मादक पर्दाथ सेवन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृतक टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए । मादक पदार्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दुश्मन अनि उनलाई दुश्मनको छोरी महा दुश्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उजुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चोट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए ।

मृतक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो । आज केही पत्रकारकाे टोली मृतकको माईती घरमा पुगेको छ । माइतीमा पुग्दा रुवाबासी चलेको छ । बुबाले भक्कानो छोडेर रुँदै आमा पनि नभएकी मेरी छोरीलाई मर्न बाध्य बनाए मैंले आमा र बुबा दुवैको माया दिएर हुर्काएकी मेरी छोरिलाई आज यस्तो गरिदियो भन्दै डाको छोड्दा त्यहाँ सबैको आँशु खस्यो । दाईजो दिन नसकेर हामीले छोरिलाई गुमाउनु पर्यो भन्दै दिदिले सुरुदेखिको नालेबेली रुँदै सुनाइन तलको भिडियो मन थामेर हेर्नुहोला । मर्नुअघि शरीरभरी चोट र निलडाम बोकेकी टिकाले दिदीलाई यस्तोसम्म सुनाएकि रहेछिन ।