अलिफ खान र शर्मिला गुरुङको यो दोहोरी रातारात भाइरल बन्यो (हेर्नुहोस् भिडियो)

दोहरीगीत दुई पक्ष बीचको गीतहरूको सवाल जवाफ हो। नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको सुन्न पाइन्छ। मेला, पाखा, रोदी, चौतारी, विवाह आदि उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्।

सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सङ्गित दोहोरी शैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफहरू। यद्यपि प्रत्यक्ष-लाइभ- खेलिने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ। अनि सधैँ, र जुनसुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटिन पनि सम्भव पनि हुदैन जसको फलस्वरूप रेकर्ड गरिएका गीतहरूको बजार राम्रो रहेको हुन्छ।

यसै बीच पछिल्लो समय नेपालमा अनलाईन रोधी घरहको लहरै चलेको छ ।यही होडबाजीका बीच पहिलो दोहोरी भिडियो नै मिलियन भ्युज पुर्याएर एकाएक चर्चामा आएको अनलाइन रोधी घर हो ” ई नेपाल रोधी घर” आफ्नो सुरुवाती प्रभाव नै दमदार दिए पछि “ई नेपाल रोधी घर” सबैको नजरमा चम्कियो र युट्युब मा धक्का मार्दै चलिरहेका केही रोधी हरु जल्न थाले ।

उत्कृष्ठ कलाकारहरुको साथमा ,उत्कृष्ठ क्वालिटी दिनु ‘ ई नेपाल’को खुबी हो,अग्रजलाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको ‘ई नेपाल’को यो क्रेज त्यसै भएको भने होइन । ‘ई नेपाल रोधी घर ” आज भन्दा वर्षौं पहिला देखि मेसेन्जर मा सञ्चालन हुँदै आएको थियो, यो वर्ष बाट मात्रै युट्युब मा आउन थालेको हो । दिनहुँ उत्कृष्ट प्रस्तुती दिदै आएको ई नेपालले छोटो समयमै युट्युब मा ५० हजार भन्दा बढी सदस्य जोड्न सफल भएको छ ,हेरौं अहिले निक्कै चर्चामा रहेको ‘इ नेपाल रोधी घरको ‘ अर्को दोहोरी भिडियो जस्मा अलिफ खान र सर्मिला गुरुङ को दमदार प्रस्तुति रहेको छ।