कल्पना दाहाल टिका सानु र प्रदिप रोक्का मेलम्ची बाढीमा पुग्दा आँखै अगाडी बगायो बस्ति,चल्यो रुवाबासी (भिडियो)

मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहाल, टिका सानु , प्रदिप रोका, कमल सर्गम लगायतको टोलि अहिले मेलम्चीमा छ लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न खान दिरहेको छैन ।

करिब २-३ हजार मानिसहरु यस पानीले प्रभावित भएका छन् भने धेरै घरहरु बिस्थापित हुन पुगेका छन् मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकीसम्म अहिले भेल बगिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटर बेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ ।

हेर्नुस भिडियो :