झापामा शान्तिका प्रतीक जोडि परेवा उडाएर युवाहरुले नब बर्ष २०७८ लाई गरे स्वागत

युवराज रेग्मी
बैशाख १ , झापा /
झापाको कमल गाउँपालिका १ सरङ्पाडामा नयाँ बर्ष २०७८ को उपलक्ष्यमा त्यहाका युवाहरुले शान्तिका प्रतीक जोडि परेवा उडाएर नयाँ बर्षलाई स्वागत गरेका छ्न ।

“युवा हामी भिन्न छौ समृद्ध रास्ट निर्माणमा एकजुट हौं ” भन्ने नाराका साथ त्यहा उपस्थित युवाहरुले देसमा ब्याप्त हत्या हिंसा बलात्कार , लुटपाट र भ्रस्टाचारले मुलुक आक्रान्त भएकोले त्यस्ता कार्य निर्मुलहोस भन्ने कामना गर्दै देसमा स्थाइ शान्ति निर्माणका निमित्त युवाहरुनै अग्रसर हुन आवस्यक रहेको भन्दै आयोजित सम्छिप्त कार्यक्रममा शान्तिका प्रतीक जोडि परेवा उडाएर युवाहरुले बिश्व शान्तिको कामना गरेका थिए ।

” सयौ थुङ्गा फुलका हामि एउटै माला नेपाली ” रास्टिय गितको धुनका साथ सुरु गरिएको कार्यकमलाई सम्बोधन गर्दै सरङ्पाडा बजार ब्यबस्थापन समितिका अध्यक्ष वसन्त थापा मगरले गत बर्ष पूरागर्न नसकिएका अधुरा कामहरु नयाँ बर्षमा पूरा गर्न सकियोस भन्ने कामना गर्दै देसमा ब्याप्त अशान्ति अन्त्यको कामना गरेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै नेपाल बिध्यार्थी संघका युवा नेता एबम कोटेश्वर बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापती कमल गाउँपालिका १ निवासी महेन्द्र भट्टराईले नयाँ बर्सको सुरुवातकै दिन आ-आफ्नो तरिकाले नयाँ बर्षलाई स्वागत गर्ने परम्परा रहिआएकोले केही फरक तरिका बाट आफुहरुले “युवाहरु हामी भिन्न छौ “भन्दै हाल बिश्वभर ब्याप्त हत्या हिंसाले बिश्वनै आक्रान्त भएकोले त्यसले बिश्व परिवेशनै बिछिप्त भएकोले बिश्व शान्ति र समुन्नत रास्ट्रको कामना गर्दै शान्तिका प्रतीक जोडि परेवा उडाएको बताए ।
दर्जनौ युवाहरु मध्यान्ह १२:०० बजेको तातो घामको प्रवाह नगरी सरङपाडा बजारको मध्यभागमा उपस्थित भएर आयोजित कार्यक्रम लाई स्थानिय उर्जाबान युबा नेतृ मनिसा कठायतले संचालन गरेकी थिइन ।
कार्यक्रममा देस भक्तिभाबले ओतप्रोत भएका गितहरुको सुमधुर ध्वन बजाएर कार्यक्रम समापन गरिएको थियो ।