शुखको खोजी: महेश भट्टराई अमेरिका

महेश भट्टराई अमेरिका,

– एक परिबारका श्रीमान श्रीमती दुबै काम गर्छन ! दुबैको तलब बर्षको करिब २-३ लाख डलर नाघ्छ !

– एक परिबारको ब्यबसाय छ ! बर्षको आम्दानी करिब ३-४ लाख डलर सजिलै नाघ्छ !

– माथिका दुबै परिबार स्बास्थ्यमा निकै सचेत छन ! खानामा क्यालोरी हेरेर माछामासु कम, सलाद र फलफुल खान्छन ! दैनिक खर्च निकै कम छ !

– ठुलो घर, बिलासिता कार, ब्रान्डका लुगा, गहना भौतिक सुबिधा सम्पन्न छन !

– जागिरे पैसा कै लागि ओभर टाइम गर्छन! ब्यापारी पनि धेरै कमाउन कै लागि सातै दिन गर्न बाध्य छन ! दुबै दैनिक मरेरै काम गर्छन !

– चाहेर पनि परिबारलाई समय दिन समेत धौ धौ छ वा भ्याउदैनन !

– दुबैका छोराछोरी सरकारी स्कूलमा निशुल्क पढ्छन !

– बैकमा थुप्रिएको डलर के, कहां, कता लगानी गर्ने भन्ने हरेक दिन टेन्सन छ ! अर्को तिर गरेको लगानी डुब्ने पिर छदैछ !

– हरेक दिन, हरेक पल, जिवनमा शुख कहां र कहिले पाइएला भनेर भोलिको पर्खाईमा भौतारी रहेका छन !