दीपाश्रीको स्वरलाई होलि गीतमा नकारात्मक प्रतिक्रिया, सबै अट्दा भिडियोमा अटेनन् जितु नेपाल

ईटहरी/ हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा ‘छक्का पन्जा मिडिया’ नामक युट्युब च्यानलबाट ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक गरिन् । यो गीतमा २ भाषा प्रयोग गरिएको छ, नेपालि र थारु भाषा । सार्बजनिक गीता तथा भिडियोलाई ‘छक्का पन्जा’ टिमले नै निर्माण गरेको हो । गीतको भिडियोमा ‘छक्का पन्जा’को सिरिजमा देखिने अधिकांश कलाकार देखिएका छन् ।

दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डंगोल, शिवहरि पौडेल लगायतका कलाकार गीतको भिडियोमा अट्दा कलाकार जितु नेपाल भने अटेका छैनन् । ‘छक्का पन्जा’ टिम र कलाकार जितु नेपालविच सम्बन्ध विग्रिएको खबर सार्वजनिक भएको केही महिना भयो । जितु आफैले सम्बन्ध विग्रिएको खबरलाई अस्विकार पनि गर्दै आएका थिए ।

गीतमा सुमित खड्का र दिपा श्री निरौलाको स्वर रहेको छ । तर, दीपाको स्वरमा धेरैले नकारात्मक प्रतिक्रिया दिएका छन् । हेर्नुस भिडियो भिडियो :

सार्बजनिक पश्चात कमेन्ट बक्समा देखिएका प्राय कमेन्टमा दीपाको मजाक उडाईएको छ । दीपाको स्वरमा अटोट्युन प्रयोग गरिएको केहि दर्शकहरुले कमेन्ट गरेका छन् भने दीपाको यसअघिको गसिपका कारण पनि उनीमाथि नकारात्मक प्रतिक्रिया दिएको हुनसक्छ । गीतमा शब्द दिप नारायण राजबंशीको रहेको छ। निरज श्रेष्ठले संगीत भरेका हुन् । हरि हुमागाईले खिचेको भिडियोलाई दिपा आफैले निर्देशन गरेकी छन् भने बिपिन मल्लले सम्पादन गरेका हुन् ।

भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ । यता जितु र दीपाश्री विभिन्न कार्यक्रममा एकसाथ देखिएपनि दिपकराज गिरी र जितु भने एकसाथ देखिएका छैनन् । शुक्रबार शुभारम्भ भएको ‘कान्तिपुर सिनेप्लेक्स’को उद्घाटन कार्यक्रममा पनि जितु र दिपकराजविच बोलचाल भएन ।

अब, ‘छक्का पन्जा’ टिमको गीतमा नै जितु नदेखिनुले के कुरा प्रष्ट हुन्छ भने यो टिममा फाटो आइसकेको छ । जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि ‘छक्का पन्जा’ टिम र उनीविच सम्बन्ध विग्रिएको हो ।