हिँडे धुर्मुस श्रमिकले दिएको चार हजार रुपैयाँ लिएर मेची-महाकाली अभियान सुरु गर्न कञ्चनपुर !

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेची-महाकाली अभियानको सुरुवात गर्न धुर्मुस सुन्तली फाउण्डेशनको टोली सोमबार कञ्चनपुरतर्फ लागेको छ । मंगलबार कञ्चनपुरबाट अभियान सुरु गर्न टोली त्यसतर्फ लागेको हो ।

कञ्चनपुर जानुअघि रंगशाला निर्माण स्थलबाट श्रमिक बिदाई गर्दैगर्दा आफ्नो आम्दानीको केही हिस्सा रङ्शाला निर्माण अभियानका लागि ४ हजार ४ सय ५ रुपैयाँ फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई दिएका छन् । उनीहरुले दिएको हौसलाले निकै भावुक बनाएको धुर्मुसले बताएका छन् ।