तुरुन्तै हेर्नुहोस् पहिलो पटक लक्ष्मी खड्का र राजु परियार बिचको यो रमाइलो दोहोरी (भिडियो)

उक्त भिडियो समाचारको अन्तिममा छ ।

यो समाचार पनि पढ्नुहोस् :

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिनुभयो । हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्वविद्यालयको योजना छ । यसका साथै स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ ।

स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्थामा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न सकिने उहाँको भनाइ छ । स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्यसलाई तीन वर्षको हाराहारीमा मिलाइने उहाँले जानकारी दिनुभयो ।

वार्षिक प्रणालीअन्तर्गत अध्ययन गर्ने विद्यार्थीको अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले विद्यार्थीको केही महिना क्षति भएको उहाँको भनाइ छ । विश्वविद्यालयले फागुनमा स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णयसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थीले भर्नाका लागि केही महिना कुर्नुपर्ने स्थिति देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा जेठ महिनामा पूरा गर्ने र भदौसम्म नतिजा प्रकाशित गरिसक्ने जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भदौसम्म कक्षा १२ को नतिजा प्रकाशित गरी उनीहरूलाई स्नातक तहको अध्ययनको बाटो खुल्ने बताउनुभयो । तर विश्वविद्यालयको हालको योजनामा कुनै परिवर्तन नगरे विद्यार्थीले स्नातक तहमा भर्ना हुन केही महिना कुर्नुपर्ने अवस्था देखिएको छ ।

भदौमा स्नातक तहको नतिजा आएका विद्यार्थी पाँच महिना कुरेपछि मात्र बल्ल भर्ना हुने पाउनेछन् । त्रिविका शिक्षाध्यक्ष भुसालले फागुनलाई शैक्षिक सत्र मानिए पनि नयाँ परिस्थिति विकास भएमा स्नातक तहको शैक्षिक सत्र मङ्सिरमा समेत सार्न सकिने विकल्पसमेत रहेको बताउनुभयो । यसमा परिस्थितिअनुसार निर्णय लिन सकिने जनाइएको छ ।

भिडियो हेर्नुहोस् :