सगरमाथा आराेहणमा विस्व रेकर्ड राख्ने महिला पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्ड

नेपाल र चीन दुबै माेहडावाट सगरमाथा आराेहण गर्न सफल पहिलाे महिला पत्रकार कल्पना महर्जनले चैत्र ४ गते बुधवार औपचारिक रूपमा विस्व रेकर्ड राखेको प्रमाणपत्र लण्डनको वर्ल्ड बुक अफ रेकर्डबाट प्राप्त गर्नु भएकाे छ ।

नेपाल र चीनको दुवै मोहडावाट विस्वको उच्च शिखर सगरमाथा आरोहण गरेर विस्व कीर्तिमान राख्ने साहसी नेपाली महिला पत्रकार कल्पना महर्जनको कीर्तिमानीलाई बेलायतको वर्ल्ड बुक अफ रेकर्डले प्रमाणित गरेर प्रमाण–पत्र प्रदान गरेको हो ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष समारोहबीच आयोजित कार्यक्रममा बुधवार नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवको हातबाट पत्रकार महर्जनले सो प्रमाणपत्र ग्रहण गरेकी हुन् । कार्यक्रममा आयोजक ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्यालले पत्रकार महर्जनको साहसिक कीर्तिमानीलाई खोलेर प्रशंशा गरे ।

साहसिक सफल आरोही पत्रकार महर्जनले शताब्दी पुरुष सत्य मोहन जोशीको फोटो सगरमाथाको चुचुरोमा लगेर फरफराउने काम गरिन ।

हार्दिक बधाई नेपाली चेलीलाई ।

श्रोत: लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज

@Ramkshrestha