युटुवले पनि दियो उत्कृष्ट स्थान : रातारात टिकटक देखि फेसबुक सम्म भाइरल भयो सुनिता बुढा र खेम सेञ्चुरीको ‘माइली’ ( भिडियो )

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आइरहेको शुभारम्भ डिजिटलले भर्खर मात्र नयाँ गीत माईली सार्वजनिक गरेको छ । खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतमा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन भने गायक सेञ्चुरीकै लय सिर्जना रहेको छ ।

गीतको अडियो र भिडियो निकै उत्कृष्ट र दमदार रहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत विनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।

निता ढुङ्गाना र विपेश घिमिरे साथै सुरविर पण्डित समेतको अभिनय रहेको गीतलाई सुनिल क्षेत्रीले दमदार निर्देशन गरेका छन । गित छोटो समयमै अत्यन्तै लोकप्रिय भएको छ , अहिले समाजिक संजालमा भाईरल नै भएको छ भने युटुवको ट्रेडिगमा पनि राज गरिरहेको छ |

भिडियो हेर्नुहोस् :