राजु परियार मिडियामा दोहोरी च्याम्पियन बि’बादपछि , जजले जानी जानी कलाकारहरुको अ’पमान गरेको खु’लासा (हेर्नुस् भिडियो)

शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ ।

हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया भने नकारात्मक छन् । आलोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् । कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रियासमेत दिएका छन् ।

त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् । भिडियो हेर्नुस्।