सम्मान गर्दै शेयर गरौं: एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि बनाएका डा. रुइतको सत्कर्मलाई ।

काठमाडौं । भिजन एक्सलेन्स अवा’र्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाको लागि व’कालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उ’ल्लेख्य भूमिका नि’र्वाह गरेको कारण भिज’न एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पो’ख्रेल र डा.गोपाल प्रसाद पोख्रेल रहेका छन् । नेपाल नेत्रज्योति संघ तथा नेपा’ल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको का’र्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्ता’रमा उनीहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्व’पूर्ण यो’गदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा.सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्था’पक एवं का’र्यकारी निर्देशक हुन् भने प्रा.डा.रामप्रसाद पो’ख्रेल नेपाल आँखा अस्पता’ल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्ये’का एक हुन् ।

त्यसैगरी डा.गोपा’लप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्यो’ति संघका कार्यकारी सदस्य रहेका छन् । उनीहरु आँखा स्वास्थ्य क्षेत्रका मार्गदर्शक एवम् अगुवा रहेका छन्।

भिडियो सामाग्री हेर्नुहोस: