राजु ढकाल र देवि धर्ति मगरको ‘सान्नानी’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय सर्जक एवम् गायक नरेश खातीको उत्कृष्ट सृर्जनामा लोकप्रिय गायक गायिका राजु ढकाल र देवि धर्ति मगरको आवाजमा ‘सान्नानी’ गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गितमा चर्चित एवम् लोकप्रिय गायक एवम् सर्जक राजु ढकाल र लोकप्रिय गायिका देवि धर्ति मगरको निकै सुमधुर आवाज सजिएको छ । सर्जक एवम् गायक नरेश खातिको उत्कृष्ट लय शब्द सृर्जना रहेको गितमा कुष्ण विक ‘भान्जा’ ले संगित संयोजन रहेको छ । माया पिरिमका कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , अवि वाग्लेको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकार लोमश शर्मा र समिक्षाको अभिनय एवम् फिचर रहेको छ ।

समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ, गितको म्युजिक भिडियोमा करन चौसिरको छांयकन तथा प्रकाश धमालाको सम्पादन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Devi Ghatri Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :