विनयजंगले माफी माग्दै प्रहरी हिरासतवाट यसो भने (भिडियो हेर्नुहोस्)

काठमाडौ । बिबिसीमा विश्वको प्रतिभाशाली महिलाका रुपमा सु’चिकृत भएकी सपना रोका मगरको उजुरीको आधारमा पक्राउ परेका विनयजंग बस्नेतले प्रहरी हि’रासतवाट मा’फी मा’गेका छन् ।

उनले आफुले गरेको गल्तीको माफी माग्दै हिरासतमुक्त गराउन माग गरेका छन् । उनले आफुले नशामा सपना विरुद्ध अभिब्यक्ति दिएको र त्यतीबेला के बोलेँ भन्ने कुरा आफुलाई अहिले पनि स्मरण नभएको बताएका छन् ।

आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम सहित उनलाई भेट्न गएकाहरुलाई विनयजंगले यस्तो आग्रह गरेका हुन् । उनले आफुले गल्ती गरेको स्वीकार गर्दै त्यो कुरा वेहोसीमा बोलेको बताएका छन् ।

उनले सपनासंग आफु मिलेर जान तयार रहेको पनि बताएका छन् । वेवारिसे शव ब्यवस्थापनमा लागेका विनयजंग बस्नेतले कुनै बेला आफैले छोरी भनेकी सपना रोका मगरका विषयमा युट्युववमा अनावश्यक टिप्पणी गरेका थिए ।

उनले सपनाका नांगा तस्बिर आफ्नो मोवाइलमा र पेनड्राइभमा पनि रहेको भन्दै अभिब्यक्ति दिएका थिए । उनले आफुविरुद्ध लागे सिध्या इदिने धम्की पनि दिएका थिए । उनले ति सब कुरा आफुले नशामा बोलेको बताएका छन् ।

म त्यती बेला हो’समा थिइन्, मैले र’क्सी खाएको थिए उनले पुण्य गौतम सहितका उनलाई भेट्न गएकाहरुलाई भनेका छन्, मैले के बोले मलाई नै अहिले या’द छैन ।उनलाई भेट्न गएकाहरुले पनि विनयजंग अहिले पनि सामान्य अवस्थामा नरहेको बताए ।

अहिले पनि दया लाग्दो अवस्था छ पुण्यसंगै रहेकी महिलाले भनिन्, केही समय अघि देखि नै विनयजंगको अवस्था ठिक थिएन । उहाँले लु’गा पनि उ’ल्टा लगाउनुहुन्थ्यो । बे’होसीमै अ’नेकथरी बोल्नुहुन्थ्यो ।

उनीहरुले विनयजंगको यस्तो अवस्थाका कारण उनलाई मा’फी दिनुपर्ने बताएका छन् । भिड्यो हेर्नुहोस् :