गायक विष्णु खत्री र मिना लामाको “अधेरीमा उज्यालो टुकी” सार्वजनिक (भिडियो सहित )

नेपाली लोक तथा दोहोरी क्षेत्रका अग्रज गायक तथा सर्जक विष्णु खत्रीले नयाँ मौलिक लोकदोहोरी गीत “अधेरीमा उज्यालो टुकी” को भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । सुमधुर क्रियसनको प्रस्तुतिमा तयार भएको गीतमा खत्रीकै लय तथा शब्दमा मिना लामाले जादुमयी आवाज भरेकी छिन । कोरस आवाज भने जुना श्रीष मगर र राजु गुरुङको रहेको छ भने कृष्ण भान्जाले एरेन्ज तथा श्यामस्वेत रसाइलीले मिक्सिङको बागडोर सम्हालेका छन् ।

पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त तथा सफल कलाकारद्घय लोमश शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । माछा मार्ने बल्छीको कथामा माया प्रसङ्गलाई समेटिएको गीतको भिडियो निकै उत्कृष्ट रहेको छ। भिडियोको छायॉकन दुर्गा पौडेलले गरेका हुन भने नवीन धर्तिमगरको सम्पादन तथा होम गुरुङको निर्देशन रहेको छ ।