गौरादहमा अग्रपंक्तिका १ सय ७८ ले लगाए कोरोना विरुद्धको पहिलो चरणको खोप

युबराज रेग्मी
फाल्गुन ५, झापा /

झापाको गौरादह नगरपालिकामा कोरोना भाइरस कोभिड -१९ बिरुद्दको भ्याक्सिन कोभिसिल्ड खोप हिजो मंगलबार बाट लगाउन सुरु गरिएको छ ।
गौरादह नगरपालिका स्वास्थ्य साखा द्वारा पहिलो चरण अन्तरगत अग्रपंक्तिमा कामगर्ने जनप्रतिनिधिहरु , सरकारि कर्मचारीहरु , पत्रकारहरु , सुरक्षाकर्मीहरु , बित्तीय सस्थाका कर्मचारीहरु , सहित यस अघि प्राथमिकतामा परि खोप लगाउन छुट भएका नगरपालिकाका स्वास्थ्य कर्मीहरु तथा महिला स्वास्थ्य स्वयंसेबिकाहरुले कोरोना भाइरस कोभिड- १९ बिरुद्धको खोप लगाएका छ्न ।

खोप कार्यक्रम अन्तरगत गौरादह नगरपालिका महिला बिकास साखामा कार्यरत ५८ बर्सिय महिला बिकास निरीक्षक श्री मिरा भट्टराई लाई पहिलो खोप लगाइदिएर खोप कार्यक्रम सुचारु गरिएको नगर स्वास्थ साखाका स्वास्थ सह-संयोजक सि.अ. हे. ब. गोबिन्द श्रेष्ठले जानकारी दिएका छ्न ।

जिल्ला स्वास्थ कार्यालय द्वारा तोकिएको मिति अनुरुप हिजो फाल्गुन ४ गते मंगलबार गौरादह नगरपालिकामा बसोबास गर्ने सम्बन्धित हरुलाई निर्धारित समय बिहान १०:०० बजे देखिनगरपालिका कार्यालय परिसरमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । जसअन्तरगत आज मंगलबार ४२ जना पुरुस र १३६ जना महिला गरि १७८ जना ब्यक्तीहरुले कोरोना बिरुद्धको खोप लिएका थिए ।

कोरोना बिरुद्द खोप लगाउनेमा १८ जना जनप्रतिनिधि , ७४ जना सरकारी कर्मचारी , ६ जना पत्रकार ,२२ जना सुरक्षाकर्मी १२ जना छुट स्वास्थकर्मी , ४२ जना बित्तिय सस्थामा कार्यरत ब्यक्ती र ४ जना छुट महिला स्वयम सेबिकाहरुले कोरोना बिरुद्द्को खोप लगाएको गौरादह नगर स्वास्थ्य साखाका स्वास्थ संयोजक जनस्वास्थ्य अधिकृत पर्सुराम भट्टराईले जानकारी दिएका छ्न ।