दया र प्रेम एउटा यूनिभर्सल भाषा हो अनि यो भाषा लाई अनुवाद गर्न आवश्यक छैन।

समाजसेवी जानकी पन्त लेख्नु हुन्छ :
दया र प्रेम एउटा यूनिभर्सल भाषा हो अनि यो भाषा लाई अनुवाद गर्न आवश्यक छैन। हाम्रो जीवन एक पट्टा भित्र छ, मानब जिबनलाई मनबतामा पुग्न लाई धेरै बाधाहरुले रोकेको छ! हामी ति बाधाहरूलाई तोडौ, दया र प्रेमलाइ बाहिर निकालौ ! सर्वशक्तिमान सृष्टिकर्ताको आशीर्वादलाई आफ्नो जिबनमा महसुस गरौ!

जब एउटा मर्छ साथमा के लिएर जान्छ र ? हामी पृथ्वीका लागि बनेका हौ ! पृथ्वीमा हाम्रो जानी र आउनि त चलिरहन्छ! हाम्रो आत्मा नर्ग या स्वर्गको लागि पलायन हुन्छ! हामी सबै नाशबान हौ, आज छौ त भोलि हुदैनौ! अनि तेरो मेरो र घमण्ड केको लागि?

परमेश्वरले भन्नुभएको छ तपाइँहरु अरुलाई नमार्नुहोस, लालच नगर्नुहोस। जे छ त्यसलाई साझेदारी गर्नुहोस, ताकि बेघरले घर पावोस, भोकोले खान पावोस! धन साझा गर्नाले गरीबी कम हुन्छ र शक्ति र कब्जाको लागि लालच र वासना पनि शांत हुन्छ!

कुनै पनि राम्रो काम गर्न धन होइन मन ठुलो हुनु पर्छ! जीवन को एकमात्र अर्थ मानवताको सेवा गर्नु र यसलाई बचाई राख्नु हो!
जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो देश को स्वाभिमान र मानबता लाइ बचाई राख्नु हाम्रो पहिलो धर्म र कर्तब्य हो। हाम्रो सानो-सानो सहयोगले हजारौ निभ्न लागेको दियोमा उर्जा थप्न सक्छ! हजारौको जीबनमा खुशीयाली ल्याउन सक्छ र कसैलाई नया जीबनदान दिन सक्छ! तसर्थ, कसैको बिपत्तिको अबस्थामा हामीले आ- आफ्नो तर्फ बाट गर्न सक्ने एउटा सानो मदद पनी धेरै महत्वपूर्ण हुन्छ।

हामि एउटा ले सबै लाइ मद्दत गर्न नसके पनि हामी सबैको सानो सानो मद्दत ले धेरै भन्दा धेरै को मद्दत हुन् सक्छ! त्यसैले हामी सबैले एक आपसमा दया, माया, सेवा र सद्भाव बनाइ राखौ! मन ठुलो बनाइ, मिलेर बाचौ!
अन्तमा, एकता नै बल हो! व्यक्तिगत रूप मा हेर्दा हामी केवल एउटा बूंद हौ, तर नबिर्सौ सबै साथमा मिले हामी सागर बन्न सक्छौ! थोपा थोपा मिलेर नै सागर बन्छ! पानीको प्रत्येक थोपाले आफ्नो अस्तित्व छुट्टै राख्यो भने त्यसको तागत बेग्लै हुन्छ। जसरि माटोको एउटा कणलाई, सूर्यको क्षीणकाय प्रकाशले नै सुकाइदिन्छ! हावाको एउटा सानो वेगले कुनै पनि बलबान चिजलाई छिन्नभिन्न पारिदिन सक्छ! बिरुवा को एउटा सानो बिउमा जंगल बनाउने तागत हुन्छ! त्यस्तै गरेर हामी सबैको परस्पर सहयोगले एक अर्काको उद्दार र बचाव सम्भव छ !
धन्यवाद, सबैमा शुभ दिनको कामना🌹🌹🙏🙏