यसरी गर्नुहोस् पूजा, पुजा विधिसहित : भगवान शिवजीको पूजापाठ गर्नाले मात्रै पनि घरको वास्तु दोष हटाउँछ !

भगवान शिवलाई चाँडै प्रसन्न हुने देवता भनेर पनि चिनिन्छ । उनको नियमित स्तुतिले धेरै लाभ मिन्दछ जसमध्ये बास्तु दोषबाट मुक्ति पनि एक हो ।

घरमा बास्तु दोष पाइएमा भगवान शीवको नियमित आरधना गर्न बास्तु शास्त्रीहरुको सुझाव रहन्छ । बास्तु शास्त्रीहरुले शिवको नियमित पूूजा गर्ने तरिका पनि सुझाएका छन्, जुन यसप्रकार रहेका छन्।

१, घरमा वास्तुदोष भए सुख, शान्ती पाउन शिव लिं गको अभिषेक गरी जलहरीमा रहेको जललाई घरका सबै भागमा ॐ नमः शिवाय करालं महाकाल कालं कृपालं ॐ नमः शिवाय मन्त्र जप्दै छर्किएमा सबै प्रकारका नकारात्मक शक्ति हराएर जानेछ ।

२, कार्यमा लगातार विघ्न, बाधा, आपसी कलह, रोग आदि समस्या भगाउन घरको उत्तर पूर्व ईशान वा ब्रह्म स्थानमा रुद्राभिषेक गरे शुभ फल प्राप्त हुन्छ ।

३, घरपरिवारमा भगवान शिवको कृपा बनीरहोस् भन्न घरको पूर्व वा उत्तर पश्चिम वायव्य दिशामा बेलको बिरुवा रोपी त्यसमा नियमित बिहान पानी अर्पण गरी साझँमा घ्युमा दियो बाल्नु पर्दछ ।

४, उत्तर पूर्व दिशा भगवानको दिशा मानिन्छ त्यसैले सकारात्मक ऊर्जा प्रवाह एवं शुद्ध विचारमा वृद्धिका लागि उक्त दिशामा भगवान शिवको परिवारको तस्वीर राखेमा शुभ फल प्राप्त हुन्छ ।

५, वास्तुदोषबाट उत्पन्न अकारण भय, समस्या आदिको निवारणका निम्ति श्री रुद्राष्टकमको पाठ गरेमा सकारात्मक परिणाम प्राप्त हुन्छ ।

६, जुन तस्वीरमा भगवान शिव, माता पार्वती र गणेश कार्तिकका साथ हुन्छन् यस्ता तस्विर घरमा राखेमा अत्यधिक शुभ फलदायी मानिन्छ । यसले घरमा द्व न्द्व बढ्न दिदैन ।

७,भगवान शिवको क्रो ध युक्त तस्वीर कहिल्यै घरमा नराख्नुहोस् । यस्तो तस्वीर वि ना शको प्रतिक मानिन्छ ।

८, घरमा आउने जाने सबै मानिसले दर्शन मिल्ने गरी उत्तर दिशामा भगवान शिवको तस्वीर राखेमा आपसी सम्बन्धमा सुधार आउँछ ।

९, घरमा शिवको यस्तो तस्वीर वा मूर्ति मात्र राख्नुहोस् जहा शिवमी खुशी देखिउन् वा नन्दीमा विराजित हुन् वा ध्यान मुद्रामा रहेका हुन् । शिवका यस्ता तस्वीरले घरको वातावरण शान्त रहन्छ । बच्चाहरु समेत एकाग्र रहन्छन् ।

१०, शिवको तस्वीर राखेको स्थान सफा हुनु पर्दछ । शिवको प्रतिमा आसपास फोहोर हुनु हुदैन । अन्याथा घरमा वास्तुदोष बढ्न सम्भावना रहन्छ । जसले हा नी पुर्याउँछ ।

११, राम्रो वैवाहिक जीवनलाई घरमा शिवको सपरिवारको तस्वीर राख्नुहोस् ।

१२, भगवान शिवको उभिएको मुद्राको तस्वीर कहिल्यै घर वा अफिसमा राख्नु हुदैन ।