“पण्डित जी बिहार टु काठ्माण्डौ “ बन्ने भयो चलचित्र

काठमाण्डाै बिजी बर्मा फिल्म्सको ब्यानरमा कला राईको प्रस्तुति रहेको फिल्म भोजपुरी फिल्म “पण्डित जी बिहार टु काठ्माण्डौ ” को एक कार्यक्रमका बिच ललितपुरको गणेश मन्दिरमा शुभमुहर्त गरिएको छ ।

फागुन १० गते बाट छायांकनमा जाने यस चलचित्र लाई काठमाण्डौ र बिरगंजको रमणीय स्थानहरुमा खिचिने बताए लेखक तथा निर्देशक संजय पटेलले जानकारी दिनुभयो । कमेडी जनारामा निर्माण हुने यस चलचित्रमा गौतम गोबिन्दा ,आरति भण्डारी , गंगा कुँवर , अशिम कार्की , प्रतीक्षा पटेल ,निक्की सिंह , राजेश अनमोल ,सुनिल पटेल र कृष्ण हमाराहीको अभिनय रहने बताईएको छ । राम महर्जनको निर्माण रहने यस चलचित्रमा अभिनाश घुघरुको संगीत , राजन महर्जनको कोरियोग्राफी र देब महर्जनको द्वोंन्द रहने छ । चलचित्र लाई दिवस गुरुङले खिच्ने छन ।