जनयुद्धको २६ औं वर्षको उपलक्ष्यमा शुभकामना प्रेस वक्तव्य ।

मिति २०७७ फागुन १ गते

आज २०७७ साल फागुन १ गते अर्थात जनयुद्ध दिवसको २६ औं वर्षगाठ यस पावन अवसरमा बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिको तर्फबाट सर्वप्रथम सम्पुर्ण ज्ञात अज्ञात सहिद ,बेपत्ता योद्धाहरु प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं , सोही जनयुद्धको मैदानमा घाइते ,अपांग हुनुभएका सम्पूर्ण परिवर्तनकारी योद्धाहरु प्रती उच्च सम्मान प्रकट गर्नुका साथै सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आज मुलुकमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा एकात्मक राज्यसत्ता र सामन्ती राज्य व्यवस्थाको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको पनि वर्षौं वितिसकेको छ । १० वर्षे जनयुद्ध पछिका १४ वर्षे शान्ति प्रक्रियामा मुलुक अगाडि बढिरहदा जनताले जुन आशा र अपेक्षा गरेका थिए तर विडम्बना आज नतिजा ठिक उल्टो भएको छ राजनीतिक दलहरुका सत्ता लुछातानिले जनताका सपनाहरू लाई तिलाञ्जली दिने काम भएका छन ।

द्वन्द्वबाट थिलो- थिलो भएको मुलुक अब तङरिन्छ कि भनेर आम नागरिकले आशा गरिरहेका बेला जनयुद्धमा त्याग ,समर्पण र बलिदान गर्ने सम्पुर्ण योद्धाहरु सम्मानित हुनुपर्नेमा आज अपमानित र अपहेलित हुँदैछन् ।
शान्ति प्रक्रियाको पहिलो हिस्सा जो हतियार र गोला बारुद द्वारा प्रशिक्षित सेनाहरुका संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल ले उठाउदै आएका माग मुद्दा पूरा गर्नुका सट्टा विगत देखि आजसम्म भएका पटकपटकका सम्झौता लाई षड्यन्त्र मुलुक ढंगले तोडमोड गर्दै लम्ब्याइने काम गरिएको छ , राष्ट्रियता र जनजीवीकाका सवाललाई प्रमुखताका साथ उठाउदै आएको विप्लव नेतृत्वको नेकपा माथिको प्रतिबन्ध अझै जारी छ ।

मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएको छ , बलात्कार ,हत्या ,हिंसा चोरी ,डकैती जस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन , जनताको न्याय र आत्मा सम्मानमा शासकहरुले उही पुरानै तवरबाट शासन गर्दै जनतालाई दास र उनिहरु मालिक भएका छन , अझै नयाँ नयाँ रूपमा सामन्तवादको जन्म भइरहेको छ । प्रतिक्रियावादी र प्रतिगमनकारीहरु क्रान्तिकारी जनताको विरुद्धमा विभिन्न गतिविधिमा सल्बलाईरहेका छन । यति मात्र नभएर कम्युनिस्ट नेतृत्वमा दुईतिहाईको सरकार बनेपछि देश जनयुद्धको भावना ,मर्म र आन्दोलनको स्पिरिट अनुरुप अझै सुशासन र समृद्धिको दिशामा लम्किन्छ भन्ने आशा र भरोसा गरिएपनी केपि ओलि सरकारको पछिल्लो प्रतिगामी निर्णय प्रतिनिधि सभाको विघटन र सडकको रवैयाले निरासामा परिणत भइ देशको भविष्य के हुने हो भन्ने गम्भीर आशंका पैदा भएको छ ।

यसैले हामी बहिर्गमित जनमुक्ति सेना नेपाल यस पावन अवसरमा जनयुद्धको मर्म र भावना अनुसार जनयुद्धको रक्षा र विकास गर्दै गणतन्त्र नेपालको मुल्य र मान्यतालाई आत्मसात गर्दै नेपाल र नेपालीको जिवनस्तरलाई अगाडि बढाउन वर्तमान नेपालका शासक र यिनिहरुका असफलतालाई निस्तेज पार्दै जनताका न्याय र सम्मानको निम्ति सदैव क्रान्तिकारी कदममा गोलबन्द्व हुँदै क्रान्तिलाई निरन्तर अघि बढाई जनताको वास्तविक शासनको प्रत्याभूत गर्ने दिशामा अघि बढ्न समस्त परिवर्तनकारी नेपाली जनसमुदाय ,बुद्धिजीवी वर्ग ,पत्रका मित्र सबै वर्ग लिङ्ग ,जाती क्षेत्रलाई एकताबद्ध र प्रतिबद्धताका साथ बलियो नेपाल निर्माण र खुशी नेपाली बनाउने यस महान अभियानमा लाग्ने प्रेरणा र संकल्प मिलोस भन्न चाहान्छौं । साथै जनताले कुनै पनि इतिहास हारेको छैन ,सदैव जनताको जित सुनिश्चित छ भन्दै अनगिन्ती शुभकामना व्यक्त गर्दछौं ।

नेपाली जनता जिन्दावाद ,नेपाली क्रान्ति जिन्दावाद ,बहिर्गमित जनमुक्ति सेना नेपाल जिन्दावाद ,समृद्ध नेपाल र राष्ट्रिय एकता जिन्दावाद ।

इन्चार्ज :- असिम आङबुहाङ्ग लिम्बू ( सुनिल )
अध्यक्ष :- रमेश बसेल ( करन )