गायिका रितु तामाङको आवाजमा ” फूल लाउथे शिरमा” सार्वजनिक

काठमान्डौ ।
नेपाली लोक गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएका गायक प्रकाश दुतराज र गायिका रितु तामाङको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” फूल लाउथे शिरमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ ।

प्रकाश दुतराजको शब्द तथा संगीत गीतमा रहेको छ । करण चौसिरको छायाँकन , नविन धर्तिमगरको सम्पादन तथा प्रकाश दुतराजको निर्देशन भिडियोमा रहेको छ । ” फूल लाउथे शिरमा” गीतको भिडियोमा पार्वती सेती , दिप सागर , रितु तामाङको अभिनय रहेको छ ।

” फूल लाउथे शिरमा”को हेर्नुहोस भिडियो ।