नितेश खत्री र स्वस्तिमा कार्की अभिनित भ्यालेन्टाईन विशेष गीत ‘मेरो माया तिमीलाई’ रिलिज (भिडियो)

भ्यालेन्टाईनको विशेष अबसर पारेर गायक आर.पी. कर्माचार्य र दिपा लामाको सुमधुर आवाजमा रहेको यूगल गीत ‘मेरो माया तिमिलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ”स्माईल”को संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ।
नितेश खत्री र स्वस्तिमा कार्कीको अभिनय रहेको म्युजिक भिडियोमा अरोन अशोक कुमारको छांयाकन,प्रदिप बस्नेतको सम्पादन र देबजंग थापाको निर्देशन रहेको छ।निरु कर्माचार्यको लगानी रहेको म्युजिक भिडियो डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो।