नेपाल स्वयंसेवक संघको दिनकाे रू. १ दान महादान आज बाट रूपन्देही जिल्ला प्रवक्ता कंडेल आयुसा बाट शुरूवात

नेपाल स्वयंसेवक संघको दिनकाे रू. १ दान महादान आज बाट रूपन्देही जिल्ला प्रवक्ता कंडेल आयुसा बाट शुरूवात भएको जानकारी गराउदै इच्छुकले भन्न नाम टिपाउन सक्नुहुनेछ। याे रकम महिना महिनामा संस्थाकाे खाता मा जमा हुनेछ याे रकम बाट अापत विपतमा मात्रै सेवा हेतु चलन हुनेछ।

देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ विस्तारको क्रममा रहेको छ। आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संघको भूमिका उल्लेखनीय रहने छ।

स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो।