लाहुरे राहुल भक्कानिदैँ यसो भने, कसैले नसोचेको यस्तो भयो (भिडियोसहित)

काठमाठौं । तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिनापछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन् त्यसपछि उनिहरू बारे नयाँ खुलासा भयो ।
अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं(कटवाट जोगिएको बताएकी छन् । यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै नरहने समेत उनले बताएकी छन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् ।

नारायणसंग एक सामाजिक एपमार्फत भेट भएको र नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेमजालमा परेको बताइन् । नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइवाहेक कोही छैन भनेका थिए । यसरी उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको तर अहिले आएर मात्र उसको घरमा पनि श्रीमती छोराछोरी पनि रहेको थाहा पाएको बताइन् ।