ज्ञानेन्द्र शाही को जन्मदिन बिशेष आज सामाजिक संजाल रंगीदै। ….

भ्रष्टाचार विरोधी अभियान हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीको आज जन्मदिन बिशेष आज सामाजिक संजाल मा उहालाई बधाई दिने हरु दर्शक हरुको ओइरो लागेको छ । जुम्लाको सिजामा जन्मिएका उनि बुवा हरि बहादुर शाही र आमा बिन्तोला शाहीको कोखबाट वि.स २०४८ माघ २४ गते जन्मेका हुन् । शाही परिवारको दोस्रो सन्तान हुन् ।

शाहीले जन्मदिनको अवसरमा सामाजिक संजाल फेसबुकमा जीवन आफ्ना लागि मात्र होइन अरुका लागि पनि हो भन्दै लेखेका छन् ।

”जीवन आफना लागि मात्र होइन अरुका लागि पनि हो । जन्म र मृत्यु आफ्नो हातमा होइन भगवानको हातमा हुन्छ ।
यस धर्तीमा पाइला टेकाउनु भएकोमा पूजनीय मेरा बुबा आमा प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु । पटकपटक ज्यान मार्न खोज्दा पनि तपाईहरु सम्पूर्णको अाशिर्वादले अहिलेसम्म बाचियो । अझै पनि २९ औ बसन्त तपाईहरुको अाशिर्वादले बाच्छु भन्ने आशा र भरोसा लिएको छु ।
जय नेपाल । जय मातृभूमि ।।”