मोडल / नायक समाजसेवी कलाकार कुमुद पन्तको हिन्दी मूभी ‘चोले’ मा एउटा गीत सार्बजनिक भएको बाहिरियो । (हेर्नुहोस भिडियो)

काठमाडौं ।

लामो समय देखी बेलायत मा बस्दै आउनु भएको मोडल / नायक समाजसेवी कलाकार कुमुद पन्तले हिन्दी मूभी ‘चोले’ को गीतमा एउटा गीतको भिडियो बनाएका छन् ।

पन्तले ‘चोले’ को दोस्रो गीत ‘ओ मेरी महेबुबा’ मा भिडियो निर्माण गरेका हुन् । उक्त भिडियो कुमुद इन्टरटेनमेन्टको आफ्नै यूट्युव च्यानलबाट सार्वजनिक भएको छ । कुमुद इन्टरटेनमेन्टको प्रस्तुति उक्त भिडियो कुमुद पन्तले निर्देशन गरेका छन् भने अतुल शर्माको निर्माण तथा रेश्मी शर्माको लेखन छ । प्रेम बानियाको शब्द, सङ्गीत चिन्टु सार्थक कल्ला र गायन अन्जली प्रेमेन्द्र परासर, दीपक रंकावत र चिन्टु सार्थक कल्लाको छ । सम्पादन, रंग र पोस्टर डिजाइन बिष्णु खड्काले गरेका छन् ।

उक्त हिन्दी गीतको भिडियोमा कुमुद पन्त, पूजा किमाया, अतुल शर्मा, अलिसा शर्मा, कमल प्रभाकर, डिम्पल कुमार, ब्रिज मोहन ठथाल, पुष्पा पन्त, किशोर भाट, अभिनाश शर्मा, राज अवस्थी, अकीला दौड, अमृता शर्मा, अनुपम शर्मा, भरत मिस्त्री, कुलदीप भमराह, जया कुमार, जस बारिह र निशा पटेल कालाकार छन् ।

यहा को यस प्रस्तुति लाई हाम्रो टिम/ परिवार को तर्फ बाट धेरै धेरै सुभकामना ।

हेर्नुहोस भिडियो !