राहुल र स्मिताको पुनर्मिलन: ऐतिहासिक र ठूलो सामाजिक सन्देश

कानूनी रुपमा नै छोडपत्र गरेको एक हप्ता पनि नबित्दै सामाजिक सन्जाल मार्फत राहुल र स्मिताको पुनर्मिलनको लागि सुझाबको बाढी नै आएकोलाई आधार मानेर कपुरबोट मेडियाका सन्तोष देउजाले गरेको अथक प्रयाशका कारण यो जोडीको पुनर्मिलन । 

इण्डियन लाहुरे राहुल गुरुङ र ४ बर्षकी छोरी युनालाई छोडेर हिडेकी स्मिता लामा घरवाट हराएको एक महिनापछि काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग फेला परेपछि गत आइतवार कानूनी रुपमा नै छोडपत्र गरेको एक हप्ता पनि नबित्दै सामाजिक सन्जाल मार्फत राहुल र स्मिताको पुनर्मिलनको लागि सुझाबको बाढी नै आएकोलाई आधार मानेर कपुरबोट मेडियाका सन्तोष देउजाले गरेको अथक प्रयाशका कारण यो जोडीको पुनर्मिलन भएको छ । सन्तोष देउजा तिनै पत्रकार हुन जस्ले राहुल र स्मितालाई संगै राखेर तयार गरेको भिडियोमा राहुल र स्मितासंगै आफू पनि रोए र लाखौंंका बीच पुगेको यो मार्मिक भिडोयो हेरेर आँशु नखसाल्ने नेपाली शायदै होलान । यही जोडीका त्यसपछिका नयाँँ नयाँँ घटनाहरु समेटिएका सुखद समाचारहरु श्रृंखलाबद्ध रुपमा सार्वजनिक गरिराखेका छन भिडियोहरु मार्फत पत्रकार देउजाले ।

शुरुमा यादवले स्मितालाई झोल पदार्थ खुवाएर केही थाहा नपाउने तर जे भन्यो त्यही मान्ने गरी हिप्नोटिज्म गरेको कुरा सार्वजनिक भएको छ । नारायणसंग एक सामाजिक एपमार्फत भेट भएको र आफूलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेम-जालमा फसेकी स्मिता हराएर एक महिनापछि राहुलसंग भेट्दासम्म यादवकै पक्षमा थिइन । यादवको नाटकिय व्यबहार र झुटा कुरामा बिस्वास गरेर राहुलसंगको भेटपस्चात पनि यादबकै पक्ष लिएकी स्मिताले अन्तमा यादबले बताएका कुराहरु सबै झुट भएको र उस्ले आफूलाई बेच्न लैजान लागेको थाहा पाएपछि भने बल्ल छांगाबाट खसेको महसूस गरिन ।

धेरै मोबाइल चलिराख्ने स्मितालाई राहुलले धेरै मोबाइल नचलाउन सुझाब दिएका पनि थिए । सामाजिक सन्जालमा अनाबस्यक किसिमले धेरै समय दिनुको भयानक दुस्परिणम धेरै हुने मात्रै नभएर यस्को बिकिरणका कारण स्वास्थ्यमा आउने दुस्परिणाम त मानब समुदायले देख्न बाँकी नै छ ।

अत्यन्तै समझदार र संयमी स्वभावका राहुल समाजले जे भने तापनि छोरीका लागि स्मितालाई पुन: स्वीकार्न समस्या नभएको बताउँदा बताउँदै त्यत्ति धेरै माया दिंदादिंदै पनि यसरी धोका दिने स्मिताले फेरि पनि भबिस्यमा त्यस्तै समस्या दिने पो हो कि भन्ने त्रासका कारण रुवाबासी सहितको सो भिडियोपछि कानूनी रुपमा यो जोडीको बीचमा छोडपत्र भएको थियो । अत्यन्तै समझदार र संयमी स्वभावका राहुल र रुवाबासी सहितको सो भिडियोमा स्मिताले राहुललाई बिर्सन नसक्ने भनाइलाई आधार बनाएर सामाजिक सन्जालमा यो सुन्दर जोडीको पुर्मिलन हुनुपर्छ भन्ने चाहना राख्नेको बाढी नै आयो । र, यस्कै आधारमा पत्रकार देउजा यो पुनित कार्यमा अथक रुपमा लागे र कानूनी रुपमा छोडपत्र भएको एक हप्ता पनि नबित्दै राहुलद्धारा स्मितालाई पुन: सिन्दुर हाल्ने वाताबरण बनाए । त्यस्पछि राहुलकी आमा र स्मिताका पिता, पत्रकार, सामाजिक कार्यकर्ता लिएर देउजा राहुलको परिवार बस्ने गरेको गोरखाको पालुङटार नगरपालिका वडा ९ पुगी विवाह दर्ता प्रमाणपत्र दिलाउन र वडा अध्यक्ष भेषराज पाण्डेद्धारा राहुल र स्मितालाई खादा ओढाएर सम्मान गराउन लगाए ।

यो पुनर्मिलनमा राहुलकी आमाको पनि अत्यन्तै ठूलो भूमिका छ । समाजको भनाइको पछाडि नलागी नातिनीको भबिस्य र छोरा बुहारीको भावनाको कदरलाई सम्मान गर्ने फराकिलो सोंचका धनी भएकीले पनि यो पुनर्मिलन सम्भव भएको हो ।

यो पुनर्मिलनले सबैभन्दा खुशी देखिने स्मिता छिन जस्ले मानब तस्करका कारण नारकिय जीवन निर्बाह गर्नबाट जोगिएर आफूलाई माया गर्ने श्रीमान र छोरीसंग नै जीवन बिताउने अबसर पाएकी छिन । बिभिन्न सामाजिक काममा संलग्न पत्रकार देउजा आफ्नो पेशागत काममा लाग्ने क्रममा यो घटनामा अथकित रुपमा जसरी लागे त्यो अनुसारको जुन सफलता मिल्यो त्यो अहिलेसम्मकै ठूलो उपलब्धिमूलक भएको भन्ने ठम्याइमा छन ।

यो घटनाका सन्देशहरु:
१. राम्रा कामकै लागि मरिमेटने पत्रकारहरु पनि छन;
२. सामाजिक सन्जालका अधिकांश सामग्री सतही र ब्यक्ति र समूहगत स्वार्थमा केन्द्रित हुने भए तापनि केही राम्रा कामका लागि पनि उपयोगीसिद्ध छन;
३. सामाजिक सन्जालमा चिनिएका भरमा जस्ता पाए त्यस्तै ब्यक्तिको विस्वास गर्नु खतरानाक साबित हुन सक्छ;
४. सही किसिमले अगाडि बढ्न संधैं समाजले के भन्छ भनेर चिन्ता लिनु अनाबस्यक ।

राहुल र स्मिताको पारिवारिक जीवन सुखद र सफल होस । यो ऐतिहासिक परिणाम दिलाउन महत्वपूर्ण भूमिका निर्बाह गर्नुहुने पत्रकार सन्तोष देउजा, राहुलकी आमा र स्मिताका बाबा लगायत यो वाताबरण तय गर्न योगदान पुर्‍याउनुहुने सबैको जय होस ।

श्रोत: रामकुमार श्रेष्ठको फेसबुक पेज
@Ramkshrestha