आइडलको नाममा लाखौको ठगी,जति धेरै पैसा त्यति धेरै भोट,पत्रकार संग पर्यो लफडा,अचम्मको ठग्ने तरिका (भिडियो सहित)

नेपाल गोल्डेन आइडल सिजन ७ को फाइनलमा ९ जना प्रतियोगी पुगेका छन् । यसरी फाइनल पुग्नेमा गायनतर्फ संखुवासभाका मदन लिम्बु, ललितपुरका सुमन लामा घिसिङ, खोटाङका किस्मत चाम्लिङ राई, काठमाण्डौँकी सुजिता योञ्जन रहेका छन् । यसैगरी नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले, कैलालीकी नेहारिका बोहोरा, बाँकेकी मनिषा परियार, दाङकी जेबिका रेउले, काठमाण्डौकी आकृती पोखरेल फाइनलमा पुगेका हुन् ।गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो ।

अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको कार्यक्रम निर्माता तथा गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले जानकारी दिनुभयो ।प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु, विनोद बाँनिया, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ र कोरियोग्रफर निरुता गुरुङ रहनुभएको छ ।झापाकी स्वस्तिका काफ्ले अचानक रुदै मिडियामा आएर गोल्डेन आइडलको बारेमा आफ्ना समस्या बताएकी छिन। साथै गोल्डेन आइडलको टीम संग पनि यो बिषयमा कुराकानी भएको छ ,तल भिडियोमा हेर्नुहोला ।