झाक्रीले अभिनय गरेको सिरियल आयो,कालीबुढीलाई मोहनी लगाउदा चिबे र कोपाको बिजोक,झाक्रीलेहसाएर भुतुक्कै बनाए (भिडियो सहित)

१२ बजे राती चिहान खनेर भाइरल बनेका झाक्रीले हास्नु हुन्न है नामक सिरियलमा सबैलाई चकित बनाउने अभिनय गरेका छन । झाक्रीको अभिनयले सबैलाई चकित बनाएको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ । यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । हरेक हप्ता फरक कथाबस्तुमा प्रस्तुत गरिरहेको छ ।

निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, कुमार राई, योवन गुरुङ, दिनेश बस्नेत,सुशिला खालिङ्ग राई र अन्य धेरै कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए । दस बर्षको संघर्षपछि आफैले बनाउन सुरु गरेका समीर र आइन्द्र खुशी भएका छन ।

दोबाटेबाट निकालीएपछी उनिहरु आफैले सुरु गरेका थिए । उनीहरुले दोबाटे छोडेसङ्गै दोबाटेका अन्य सात जना कलाकार पनि दोबाटे छाडेर हास्नु हुन्न है मा आएका छन । झाक्रीले पहिलोपटक अभिनय गरेको सिरियल तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ ।